काठमाडौँ ।।
जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन्।
यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।
सरकारले आज भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको जनाएको छ ।