सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने
  • प्रमुख खबर

काठमाडौँ ।।

सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । साथै  घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ ।

बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्