एभरेस्ट एफएमद्वारा रक्तदान आयोजना, १८८ युनिट रगत संकलन
  • प्रमुख खबर

पोखरा ।।

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १८८ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १५७ जना पुरुष र ३१ जना महिलाले रक्तदान गरेका हुन् ।

‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजित एफएमको रक्तदान कार्यक्रममा ३१ जनाले पहिलो पटक रक्तदान गरेका छन् । रक्तदानमा सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनी, नेपाल प्रहरी प्रदेश गण, कालिगड संघ कास्की, फिस्टेल लज, जिफन्ट, इन्न्डियन पेन्सन क्याम्प भू पू गोर्खा, नागरिक समाजलगायतको संस्थागत सहभागिता रहेको थियो ।

यसअघि रत्तदान कार्यक्रमको एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले रक्तदाता ट्याक्सी चालक शंकर गुरुङ र नागरिक समाज पोखराका पूर्व अध्यक्ष तथा अभियानकर्मि रामबहादुर पौडेललाई व्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् ।

रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम विहान ७ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म भएको थियो । रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम गरेको बताईन् । उनले रेडियोको जीवन बचाउने अभियानमा सहभागि हुन आग्रह गरिन् ।

कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसर पारेर वार्षिक क्यालेन्डर नै बनाएर मिडिया हाउसले रक्तदान गर्दै आएको उनले बताए ।

रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुनप्रसाद ज्ञवालीले हरेक स्वस्थ व्यक्तिले तीन/तीन महिनामा रक्तदान गर्न सक्ने बताए । नेपाल रेडक्रस सोसाईटी कास्कीका महामन्त्री सुरेन्द्र गुरुङले रक्तदान गर्नु आफैमा महादान भएकाले यसमा सरिक हुन सबैमा आग्रह गरे ।

रक्तदान कार्यक्रममा आस्था किड्नी स्पेसलाईज्ड हस्पिटल प्रालि रानीपौवा पोखरा, हिमालयन एभरेस्ट ईन्सुरेन्स लिमिटेड न्यूरोड पोखरा, युनाइटेड रेफ्रेन्स ल्याब्रोटरी प्रालि (युआरएल), नेलम्बो नेपाल, सिटीजन फर्निचर ट्रेडलिंक प्रालि, सिटीजन फर्निचर एण्ड फर्निसिङ सप्लायर्स न्यूरोड पोखरा, भिएडब्ल्यू ईन्टरप्राइजेज प्रालि (यामाहा शोरुम), पोखरा ओम हस्पिटल डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालि, पुन ग्रुप अफ पोल्ट्री ईण्डष्ट्रिज प्रालि पोखरा–५ पस्र्याङ, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड पोखरा, सुईखेत भ्याली रिसोर्ट प्रालि सुईखेत, कप स्टोरिज अर्चलबोट पोखरा, परिचय डटकम सभागृहचोक, होटल पोखरा वाटीका प्रालि लेकसाईड, ब्याम्बो क्याटरिङ सर्भिस, पेनगुईन मिनरल वाटर र केटी हाउस पस्र्याङ, फोटो स्टुडियो लगायतले सहकार्य गरेको मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्