राम्चे लहदी गैरीस्वारा सामुदायिक बन उपभोक्ता समुहको ९ औ साधारण सभा सम्पन्न
  • प्रमुख खबर

रामप्रसाद पौडेल

पोखरा मा। न। पा वडा नं १९ मा रहेको राम्चे लहदी गैरीस्वारा सामुदायिक बन उपभोक्ता समुहको ९ औ बार्षिक साधारण सभा शनिवार दिउसो मौला मन्दिरको परिसरमा सब्य र भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य विकास आचार्यले अब हामीले सामुदायिक बनलाई केवल दाउरामा मात्र सिमित नराखेर विविध आवश्यकता अनुसारको उत्पादन मुखी बनाउनु पर्दछ भन्नू भयो ।प्रमुखअतिथि आचार्यले सामुदायिक बनबाट उपभोक्ताहरुले सहजरुपमा प्राप्त गर्नसक्ने घाँस पात र नगदे उव्जाउ आदि सृजनात्मक उत्पादनका विषयमा प्रकाश पार्दै उपभोक्ताहरुलाई नया सोचका साथ अघि बढ्न उत्प्रेरित गर्नु भयो ।

कार्यक्रममा बोल्दै अन्य उपोभोक्ताहरुले पनि वन संरक्षण ,सम्वर्धन , उपजमूखि बनाउनमा जोड दिनुभयो ।राजु केसी को अघ्यक्षतामा भएको सो कार्यक्रम सन्चालन उपभोक्ता समितिका सचिब कुमार केसीले संचालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्