मध्यरात १२ बजेदेखि लागुहुने गरि निगमले घटायो पेट्रोलको मूल्य, ग्यासको मूल्य भने यथावत रहने
  • प्रमुख खबर

Green gas pump with petrol splash on white background, 3d render

काठ्माण्डौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको आकस्मिक बैठकले मध्यराति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३÷३ रुपैँयाको दरले घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैँया र डिजेल तथा मट्टीतेलको मूल्य १७२ रुपैँया पर्ने भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत नै राखेको जनाएको छ । निगमका अनुसार ग्यासमा उच्च घाटा रहेकाले मूल्य घटाउन नसकिएको जनाएको छ ।

त्यस्तै आज बसेको बैठकबाट निगमले आन्तरिक हवाई इन्धनमा समेत २० रुपैँया र अन्तराष्ट्रिय हवाई इन्धनमा ३० रुपैँया घटाएको छ । हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाह्य उडानका लागि महँगो शुल्क र्तिदै आएका थिए । हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै निगमको चौतर्फी आलोचना भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्