प्रधानमन्त्री प्रचण्डले प्राप्त गरे विश्वासको मत, विश्वासको पक्षमा २६८ मत
  • प्रमुख खबर

sf7df8f}F, @^ k'; . k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú k|ltlglw;efdf dªunaf/ ljZjf;sf] dt k|fKt ePkl5 clejfbg ug{'x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठ्माण्डौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रतिनिधसभा बैठकमा भएको मत विभानजमा विश्वासको मतको पक्षमा २६८ सांसदले मत दिएका छन् भने विपक्षमा २ सांसदले मत दिएका छन् । २७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेसका टेक बहादुर गुरुङ्ग भने निलम्बित रहेका छन् ।

प्रचण्डलाई नेकपा एमाले, माओवादी, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवाद, जनमत पार्टी, नागरिक अन्मुक्ति र लोसपाले विश्वासको मत दिएका हुन् । त्यस्तै उनलाई विश्वासको मत नदिनेमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै रहेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने १० पार्टिले उनलाई समर्थन गरेपछि प्रधानमन्त्री प्रचण्डले बहुमत प्राप्त गरेका हुन् । प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्राप्त गरेलगतै उनले प्रतिनिधिसभा सदस्यहरुलाई विशेष आभार प्रकट गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत “तपाईहरुको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धीको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु” भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पौष १० गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी हु्न् ।

उनले त्यसको ठिक भोलि पल्ट पौष ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । प्रतिनिधिसभा सदस्यको गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा रहेको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्