गृह मन्त्रालयद्धारा एमाले सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन
  • प्रमुख खबर

काठ्माण्डौं।

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्रबर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

संसदमा फरार प्रतिवादी उपस्थित भएको विषयमा प्रश्न उठेपछि उप–प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए । तर उनी अहिलेसम्म पनि पक्राउ परेको छैनन् ।

बिहीबार सभामुखको निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भए÷नभएको निक्रयौल गर्न माग गरेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै उप–प्रधान तथा गृहमन्त्रीले पटक–पटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्