सरिता गुरुङ्ग
पोखरा ।
तेस्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा प्रतेक वर्ष आयोजना हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संस्थाले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
यस प्रतियोगिता माघ ८ देखि १४ गतेसम्म पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा संचालन हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् । उनका अनुसार यस तेस्रो टाइगर कपमा महिला र पुरुषतर्फ गरी ५÷५ टिमको सहभागिता हुने अन्तिम टुङ्गो लागेको भएतापनि महिलातर्फ नेपाल पुलिस क्लबको खेलाडी घाइते भएको भन्दै सहभागि नहुने जानकारी आफुहरुलाई प्राप्त भएको र भारतको महिला टिम पनि नआउने भएकाले महिलातर्फ ४ र पुरुषतर्फ ५ गरि जम्मा ९ टिमको सहभागिता रहेको छ ।
भोलिबाट शुरु हुने यस प्रतियोगिताको उद्घाटन एक भव्य समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्ने तय भएको अध्यक्ष शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार उद्घाटनका दिन तीन खेल संचालन हुने भएको छ । जसअन्र्तगत पहिलो खेलमा महिलातर्फ त्रिभुवन आर्मी र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब भिड्ने छन् भने दोस्रो खेल पुरुषतर्फ त्रिभुवन आर्मी र शसस्त्र प्रहरीको एपिएफबीच हुने भएको छ । त्यस्तै तेस्रो खेल पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष शर्माले बताएका छन् ।
राउण्ड रोबिनको आधारमा संचालन हुने यस प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब र शसस्त्र प्रहरीबलको एपिएफ क्लबको सहभागिता रहेको छ । यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्बल, नेपाल पुलिस क्बल, एसटी जोशेफ वाज स्पोर्टस क्बल श्रीलंका, शसस्त्र प्रहरीबलको एपिएफ क्बल र गण्डकी प्रदेशको सहभागिता रहेको छ ।
संस्थाका सचिव डिवि नेपालीले गत वर्षको तुलनामा यस वर्ष आफुहरुले पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएका छन् । महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमले नगद ५÷५ लाख रुपैँयासहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने उप–विजेता टिमले समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् ।
यसैबीच तेस्रो हुने टिमले नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमले नगद रु ६५ हजारसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट १÷१ जना खेलाडीले समान नगद रु २५÷२५ हजार प्राप्त गर्ने छन् भने प्रतेक विद्याका उत्कृष्ट खेलाडीहरु र प्रशिक्षकलाई समेत समान नगद रु १०÷१० हजार र ट्रफीसहित सम्मान गर्ने समेत आयोजकले जनाएको छ ।