नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ १२ गते बस्ने
  • प्रमुख खबर

काठ्माण्डौं ।
नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । यही माघ १२ गते केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्यले जानकारी दिएका छन् ।

उक्त स्थायी समितिको बैठकमा सरकारलाई सहयोग, पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशिलता, पार्टी निर्माण लगायतका विषयमा केन्द्रित हुने भएको छ ।

सो बैठकले नै केन्द्रीय समितिको बैठकको मिति समेत तय गर्ने भएको छ । विभिन्न पार्टीसँग एकताका लागि कार्यदल समेत बनाएको माओवादीले नेपाल समाजवादी पार्टीसँग भने तत्काल पार्टी एकता गर्ने तयारी गरिरहेको छ । सो बठैकले यसबारेमा समेत निर्णय लिने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्