पोखरा ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज (सोमबार) साँझबाट भने सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोही प्रणालीका कारण आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै महाशाखाका अनुसार गण्डकी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
मंगलबार र बुधबार पनि गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने रातिसामान्य वर्षा र हिमपातको हुने सम्भावना रहेको छ ।