जापानले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने बताएको छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले सो कुराबारे जानकारी दिएको हो ।
उनले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको पनि बताएका छन् । किसिदाको निर्देशन अनुसार नै जापानमा अहिले कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी श्रयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ ।
यस बाहेक त्यहाँका अधिकारीहरुले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौं स्थानमा राख्ने योजना बनाएको स्रोतले जनाएको छ । जापानमा अझै पनि प्रतिदिन एक लाख कोरोनाका सङ्क्रमणहरु देखापर्ने गरेको छ ।