पोखरा ।
सत्तारुढ दलले मन्त्रालयको संख्या घटाउने निर्णय गरेसँगै यूवा तथा खेलकुद मन्त्रालय गाभिएको छ । सत्तारुढ दलको सोमबार बसेको बैठकले १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेसँगै उक्त मन्त्रालय गाभिने भएको हो ।
करिब दुई वर्ष अघि तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको यूवा तथा खेलकुद विभागलाई टुक्राएर छुट्टै मन्त्रालय गठन गरेको थियो ।
उक्त मन्त्रालयमा मनाङबाट निर्वाचित राजिव गुरुङ्ग दिपक मनाङ्गे लाई मन्त्री बनाउन मन्त्रालय फुटाइए पनि अहिले पुनः गाभिएको छ । अब यस खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने भएको छ ।
सक्तारुढको सर्वदलिय बैठकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, भौतिक पूर्वाधार विकास, सामाजिक विकास तथा स्वास्थ्य, आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहने टुङ्गो लगाएको छ ।