टाइगर कप भलिबल प्रतियोगितामा साविक विजेत एपिएफद्धारा टिम गण्डकी पराजीत
  • प्रमुख खबर

पोखरा ।
पोखरा रंगशालामा जारी तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको आज भएको महिलातर्फको दोस्रो दिनको पहिलो खेलमा साविक विजेता विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लब वियजी भएको छ ।

घरेलु टोली गण्डकी प्रदेशमाथी ३–० को सोझो सेटमा एपिएफले जित हासिल गरेको हो । पहिलो सेट २५–११ ले जितेको एपिएफले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ ले जित्दै विजयी शुरुवात गरेको छ ।

आज भएको यस खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी भएकी छन् । यस प्रतियोगितामा प्रतेक दिनको खेलमा उत्कृष्ट खेलाडीले नगर रु ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर दिइने प्राप्त गर्ने भएका छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही नगद रु २५–२५ हजार प्राप्त गर्ने छन् भने हरेक विद्याका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई समान नगद रु १०–१० हजार र ट्रफी सहित सम्मान समेत गर्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्