काठ्माण्डौं ।
प्रतिनिधिसभाका नवनिर्वाचित उप–सभामुख इन्दिरा रानाले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।उप–सभामुख रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थिति र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम रानाले उप–सभामुख पदको शपथ लिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।