मन्त्रालय भागबण्डाको गाँठो फुकाउन सकस भएसँगै गण्डकीका मुख्यमन्त्रीद्धारा प्रधानमन्त्रीसँग भेटवार्ता
  • प्रमुख खबर

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । अधिकारीलाई मन्त्रालय भागबण्डा लगाउन सकस भएपछि उक्त गाँठो फुकाउन प्रधानमन्त्री निवास बालुवाटारमा पुगि भेटवार्ता गरेको स्रोतले जनाएको छ ।

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या ७ मा झारेका अधिकारीलाई अहिले मन्त्रालय भागबण्डा लगाउन सकस भईरहेको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको उक्त भेटमा अधिकारीले गण्डकी प्रदेश सरकारको विस्तार, समसामायिक राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी भएको बुझिएको समेत स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्