बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु
  • प्रमुख खबर

काठ्माण्डौं ।

बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु भएर आज (मंगलबार) दिउँसो गएको भूकम्पका कारण एक जनाको ज्यान गएको छ । सो भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो ।

यस्तै गौमुल गाउँपालिका–१ का एक जना स्थानीयबासिन्दा समेत घाइते भएका छन् । उक्त भूकम्पले गौमुल गाउँपालिका ७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाका बथान पुरिनुका साथै बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको स्रोतले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको हो । भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा समेत महशुस भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्