पोखरा ।
फेवा टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरेमाथि समाचार संकलनका क्रममा दुव्र्यवहार भएको छ । खानेपानीको विषयमा समाचार संकलनका लागि स्याङ्जाको आँधीखोला गाउँपालिका ४ बाङसिङ दहमा पुगेका घिमिरेमाथी त्यहाँका स्थानीयले दुव्र्यवहार गरेका हुन् ।
आफु पत्रकार भएको र परिचय–पत्र देखाउँदा समेत स्थानीयले दुव्र्यवहार गर्नुका साथै धम्की दिने काम भएको उनले बताएका छन् । सोही विषयलाई लिएर नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ कास्कीका सचिव माधव बरालले बुधबार एक विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि स्याङजा पुगेका पत्रकार घिमिरेलाई त्यहाँका स्थानीयले गरेको दुव्र्यवहारको घोर निन्दा र र्भसना गर्दछ भनेका छन् ।
आफु पत्रकार भएको र परिचय–पत्र देखाउँदा–देखाउँदै पनि अपशब्द बोलेर भौतिक आक्रमण गर्न खोज्नु प्रेस स्वतन्त्रता माथीकै प्रहार भएको पत्रकार महासंघ कास्कीले ठहर गरेको छ । केही विषयमा चित्त नबुझे वार्ता र सम्वादबाट समाधान गर्ने र कानुनी उपचारको बाटो हुँदा–हुँदै घिमिरेमाथी गरिएको दुव्र्यवहारको बारेमा सत्यतथ्य छानविन गरी दोषीलाई कानुन अनुसार कारवाही गर्न पत्रकार महासंघ कास्कीले माग गरेको छ ।
आगामी दिनमा पत्रकारलाई निर्वाद रुपमा समाचार संकलन, प्रसारण र प्रकाशनको वातावरण मिलाउन सम्बन्धीत पक्षलाई नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण समेत गराएको छ ।