सामाजिक सञ्जाललाई नियमन गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाद्धारा काउन्सिलाई सुझाव
  • प्रमुख खबर

Collection of popular social media logos printed on white paper

काठ्माण्डौं ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै थपलियाले त्यसलाई सरकारले कानुनको दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्न आवश्यक भएको बताएका हुन् ।

आज आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी मा बोल्दै उनले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सकिदैन भन्दै प्रश्न समेत गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित हुने सामाग्रीहरु स्वतह आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिललाई आग्रह गरेका छन् । उनले नेपाल प्रेस काउन्सिललाई यसका लागि छुट्टै टिम नै बनाएर अगाडी बढ्न सुझाव समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्