पोखरा, माघ १२ ।।
स्वागतम साकोसको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । पोखराको गोल्डेन हाउस पार्टी प्यालेसमा भएको कार्यक्रममा संस्थाका शेयर सदस्यहरूको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष सुशिल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वंयम सेवी रक्तदाता संस्थाका अध्यक्ष बिरेन्द्र पराजुली, संस्थाका कोषाध्यक्ष कमला सुनार, व्यवस्थापक कल्पना ढकालले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाले छोटो समयमा गरेको कामकार्य तथा प्रतिवेदन प्रस्तुत गरेको थियो । सोही कार्यक्रममा शेयर सदस्य हरुको स्वास्थ्य परिक्षण तथा विमाका लागि योजना अगाडि बढाएको छ । भने कार्यक्रम संचालन सचिव रवि विकले गर्नुभएको थियो ।