काठ्माण्डौं ।
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले निर्दिष्ट गरेका मापदण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना वृद्धि हुने गरेको विज्ञहरुले औँल्याएका छन् ।
नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव भएको र उक्त अभावलाई तत्काल परिपूर्ति गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
संघीय संसद राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपाल एयरलाईन्सका पूर्व इन्जिनियर डाईरेक्टर अच्युतराज पहाडीले आईकाओले निर्दिष्ट गरेका जतिपनि मापदण्डहरुको छन् त्यसको पूर्ण पालना गर्न सके मात्र नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना आफैँ न्यूनीकरण हने बताएका हुन् ।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूूर्व महानिर्देशक सञ्जीव गौतमले पनि नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताएका छन् । उनले सरकारलाई हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरुमा ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।