काठमाण्डौं ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले उक्त कार्यतालिका सार्वजनिक गरेको हो ।
आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो । स्मरण होस्ः राष्ट्रिय सभाको उपाध्यक्ष पद झण्डै एक वर्षदेखि रिक्त अवस्थामा रहँदै आएको छ ।