काठ्माण्डौं ।
अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा त्रिभुव विमानस्थलमा करिब एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार अहिले उड्नुपर्ने जहाजहरु रोहिएका छन् ।
इन्डिगो एयर इन्डिया, प्लाई दुबई लगायतका गरी करिब ५ देखि ६ वटा आ–आफ्नो गन्तव्यका लागि उड्न ठिक भएका अन्तराष्ट्रिय विमानको उडान रोकिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।
यता, अध्यागमन विभागले सबै सरकारी वेबसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको स्रोतले जनाएको छ ।