काठ्माण्डौं ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार चैत्र १७ गतेदेखि संचालन हुने एसईईको पहिलो परीक्षा अनिवार्य अङ्ग्रेजी विषयको हुने भएको छ । त्यसै दिन वेदविद्ययाश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने हुनेछ ।
त्यस्तै दोस्रो विषयको परीक्षा चैत्र १९ गते अनिवार्य गणितको हुने भएको छ । चैत्र १७ गतेबाट शुरु हुने यसको वर्षको एसईई परीक्षा भने २९ गते सम्म संचालन हुने भएको छ । यस्तै अन्तिम दिन २९ गते प्राविधिकतर्फको परीक्षा हुने तालिकामा उल्लेख रहेको छ ।