विमान दुर्घटनामा परि हराइरहेका एक जनाको सेनाले खोजी गर्दै
  • प्रमुख खबर

काठ्माण्डौं ।

पोखराको सेती खोँचमा विमान दुर्घटनामा परि हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ ।कास्की जिल्ला सुरक्षा समितिको बैठकले मााघ ७ गते दुर्घटनास्थलमा खोजी तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी भइरहेको सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले बताएका छन् ।

चालक दलका चारसहित ७२ जना यात्रु बोकेर काठ्माण्डौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान माघ १ गते सेती खोँचमा दुर्घटना भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्