पोखरा – १३ स्थित काहुँखोलामा एक युवकद्धारा आत्मदाहको प्रयास
  • प्रमुख खबर

पोखरा ।

पोखरा – १३ स्थित काहुँखोलामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कास्कीको मादी गाउाँपालिका ४ घर भएका ४५ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आइतबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

काहँुखोलामा संगिता सापकोटाको घरमा केही समय अगाडीबाट घर डेरा गरी बस्दै आएका क्षेत्रलीले बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छड्काई आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका क्षेत्रीलाई घरधनी सापकोटाले बचाउने क्रममा उनी स्वयम पनि घाइते भएकी छन् ।

अहिले घरधनी सापकोटा र आत्मदाहको प्रयास गरेका क्षेत्री दुवै जनाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन कक्षमा उपचार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्