पोखरामा जलेकी सापकोटाको उपचारको क्रममा मृत्यु
  • प्रमुख खबर

पोखरा, १६ माघ ।।

पोखरामा आत्मदाहकाे प्रयास गरेकालाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–१३ काहूँखोलाकी ३५ वर्षीया संगीता सापकोटा रहेकी छन्।

उनको उपचारको क्रममा सोमबार बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए।

आइतबार उनको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४० वर्षीय कृष्ण बहादुर क्षेत्रीले बाथरूममा आत्मदाहको प्रयास गरेका थिए। क्षेत्रीलाई बचाउने क्रममा घरबेटी सापकोटा घाइते भएकी थिइन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्