सूचना वर्गीकरण समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी गरेको निर्णय सरकारद्धारा स्थगन
  • प्रमुख खबर

काठमाण्डौं ।

सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव सरकारले स्थगन गर्ने भएको छ । सूचना वर्गीकरणका लागि मुख्य सचिव शंखरदास वैरागीको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको हो ।

सोमबार सरोकारवालासँगको छलफलमा मुख्य सचिव वैरागीले उक्त प्रस्ताव तत्कालका लागि स्थगित भएको बताएका छन् । विशेषगरी सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध शुरु भएको थियो ।

छलफलका क्रममा सूूचना वर्गीकरण गर्दा नेपालको संविधान र सूचनाको हकसम्बन्धी प्रचलित कानुनको प्रतिकुल हुन नहुने र वास्तविक सूचना प्रवाह गर्दा राजनीतिक प्रणाली र लोकतन्त्र बलियो हुनेमा सरोकार पक्षले सरकारको ध्यानाकर्षण गराएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्