विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ वटा शव पहिचानको लागि डिएनए परीक्षण शुरु
  • प्रमुख खबर

काठ्माण्डौं ।

पोखरामा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ वटा शव पहिचान गर्न डिएनए परीक्षण शुरु भएको छ । काठ्माण्डौं पठाइएका ४८ शवमध्ये फरेन्सिक र फिङ्गर प्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । यस्तै पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको थियो ।

त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपाल कुमार चौधरीले दुर्घटनामा परी शव अत्याधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण शुरु गरिएको बताएका छन् ।

उनले दिएको जानकारी अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान शुरु गरिएको छ । उनका अनुसार यसका लागि परिवारको नमुना संकलन र छ वटा शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको समेत बताएका छन् ।

गत माघ १ गते काठ्माण्डौंबाट पोखराको लागि उडेको यती एअरलाइन्सको विमान पोखराको सेती खोँचमा दुर्घटना भएको थियो । उक्त दुर्घटनमा विमानमा सवार ७२ यात्रुको मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्