विहीबार बसेको गण्डकी प्रदेश सभाको बैठकद्धारा दुई वटा अध्यादेश पारित
  • प्रमुख खबर

काठ्माण्डौं ।

गण्डकी प्रदेश सभाको विहीबार बसेको बैठकले दुई वटा अध्यादेश पारित गरेको छ । बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको हो ।

गएको पौष १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकले प्रदेश सभाका पूर्व मामिला तथा कानुन मन्त्री विन्दु कुमार थापाले अध्यादेश टेबल गरेका थिए ।

त्यस्तै पूर्व मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको अध्यादेश माथी छलफल समेत नगरि पास गरिएको हो । गण्डकी प्रदेशका हालका कानुन मन्त्री रोशन गाहा मगरले अध्यादेश पारित गर्ने प्रस्ताव टेबल गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्