काठ्माण्डौं ।
क्यानडाका एक नागरिक ९ किलो १३५ ग्राम सुनसहित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । युएई मूलका ३५ वर्षीय मोहमद कमल मोहगोब नाम गरेका क्यानेडियन नागरिक विमानस्थलबाट पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।
फ्लाई दबईको एफ–२५७३ मार्फत काठ्माण्डौं आएका उनलाई गएराति १२ बजे पक्राउ गरिएको हो । उनीबारे थप अनुसन्धान भइरहेको समेत स्रोतले जनाएको छ ।