श्री सिद् बराह मा.वि.को विद्यार्थीहरुको वृहत सहपाठी भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा ।

पोखरा–२३ मा अवस्थित श्री सिद् बराह माध्यमिक विद्यालयको वि.सं. २०६४ को एस.एल.सी.ब्याचका विद्यार्थीहरुको वृहत सहपाठी भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

करिब १५ वर्षपछि उक्त एस.एल.सी. ब्याचका विद्यार्थीहरुले पोखरा–२३, निर्माने स्थित ढुङ्गे घर लेक भ्यु क्याम्पिङ एण्ड होम स्टेमा कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो ।

सो सहपाठी भेटघाट तथा बनभोज कार्यक्रमको शुरुवात तीन वर्षअघि करेन्ट लागेर मृत्यु भएका तत्कालीन समयका सहपाठी ज्ञानेन्द्र दहाललाई सम्झदै मृतकको आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण गरेर गरिएको थियो ।

यस बृहत भेटघाट तथा बनभोज कार्यक्रम पहिलो पटक आयोजना भएतापनि यसलाई आगमी दिनहरुमा निरन्तरता दिने आयोजक पक्षबाट सन्जय भण्डारीले बताएका छन् ।

उक्त सहापाठी भेटघाट तथा बनभोज कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै विभिन्न खेलहरुका विधामा प्रतियोगिता समेत आयोजना गरिएको थियो । जस अन्र्तगत म्युजिकल चियर पुरुषतर्फ आत्मराम अधिकारी र महिलातर्फ भगवती पौडेल प्रथम हुन सफल भएका छन् ।

त्यस्तै चम्चा दौडतर्फ उमेश अधिकारी, घैटो फुटाउने प्रतियोगितामा शिव अधिकारी र भानु दहाल र महिला नृत्यमा सम्झना बस्नेत तथा पुरुषतर्फ रन्जन भुजेल विजयी भएका छन् ।

कार्यक्रममा तत्काली समयका एस.एल.सी. टपर सुमन राना मगर र सो कार्यक्रमलाई सम्रग रुपमा सक्रिय सहभागिता जनाएकी पुर्णकला गिरी (प्रतिक्षा)लाई पनि सम्मान गरिएको छ । यस्तै सो वृहत सहपाठी भेटघाट तथा बनभोज कार्यक्रमबाट सामुहिक भलाइ कोषको समेत स्थापना गर्ने घोषणा भएको भण्डारीले जानकारी दिएका छन् ।

उक्त कार्यक्रमलाई सफल बनाउन सन्जय भण्डारी, रमेश पराजुली, निरु सुवेदी, गोविन्द लामिछाने, रन्जन भुजेल, सुर्य त्रिपाठी, भरत राज पौडेल, बलराम अधिकारी, भिम प्रसाद देवकोटा लगायतको सक्रिय सहभागित समेत रहेको थियो ।

सिद्द बराह माध्यामिक बिद्यालय पोखरा २३, को एस एल सि ब्याज २०६४ ले १५ बर्ष पछि बृहत भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम पोखरा २३ निर्माने स्थित ढुङ्गे घर लेक भ्यु क्याम्पिङ एन्ड होम स्टे सप्पन्न गर्यो । यसरी यो कार्याक्रम पहिलो पटक भएता पनि यसलाई निरन्तरता दिने आयोजक पक्ष बाट सन्जय भण्डारीली गोषणा गर्नु भयो । तत्कालीन अबस्थाका

तपाईको प्रतिक्रिया दिनुहोस्