काठ्माण्डौं ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा वद्धि गरेको हो ।
निगमले दिएको जानकारी अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ का दरले बढाई पेट्रोलमा रु १ सय ७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १ सय ७५ कायम गरिएको छ ।
यता, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।