टर्कीमा सोमबार विहान गएको भूकम्पका कारण ज्यान गुमाउने संख्या पाँच हजार नाघ्यो
  • प्रमुख खबर

काठ्माण्डौं ।

टर्कीमा सोमबार विहान ४ बजेर १७ मिनेटमा ७ दशमलब ८ रेक्टर स्केल र दिउँसो १ बजेर २४ मिनेटमा गएको ७ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या हालसम्म ५ हजार नाघेको छ ।

टर्कीमा ३ हजार ५ सय र सिरियामा १ हजार ६ सय गरी ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । यी दुवै देशमा गरी ७ हजार ठूला भवनहरु भत्किएका छन् भन साना घरहरुको संख्या हजारौँ रहेको छ ।

विश्व स्वास्थ्य संगठन (डबलुएचओसा)ेले भूकम्पका कारण झण्डै २ करोड ३० लाख मानिसहरु प्रत्यक्ष पीडित बनेको बताएको छ । त्यस्तै डबलुएचओका अनुसार भूकम्पका कारण ज्यान गुमाउनेको संख्या अझै बढ्ने र यो अहिले ज्यान गुमाउनेको संख्याभन्दा आठ गुणासम्म बृद्धि हुन सक्ने समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्