संजय थापा
माघ, २४ पोखरा ।।
सेवा नै धर्म हो भन्ने मूल उद्धेश्यका साथ पोखरा -२५ हेम्जा बाबियातरामा अबस्थित मानव सेवा आश्रमा संचालन भई रहेको श्रीमद भागवत ज्ञानबिज्ञान महायज्ञमा क्षत्री समाज नेपाल पाेखरा १६ परिवारकाे तर्फवाट (१,४७,०३०) एक लाख सच्चालिस हजार तिस रुपैया सहयाेग गरियकाे क्षत्री समाज नेपाल पोखरा १६ का अध्यक्ष संदिप थापाले जानकारी दिनु भयो ।
सबैका लागी खाना, नाना र छानाको व्यवस्था मिलाउन
जहाँ दिन दुखि, असहाय र अनाथ बालबालिकाहरु बस्नकाे लागि हेम्जामा निर्माण भईरहेकाे मानव मन्दिर निर्माण कार्य पुरा गर्न, लक्ष्मी नारायण मन्दिर सम्पन्न गर्न र मानव सेवा अाश्रमकाे अक्षयकाेष वृद्दि गर्ने उद्धेश्यका साथ श्रीमद भागवत ज्ञानबिज्ञान महयज्ञ संचालन भईरहेकाे छ ।
साथै क्षत्री समाज नेपाल पाेखरा १६ परिवारकाे तर्फबाट पाेखरा १६ का २५४ क्षत्री घर परिवारबाट आर्थिक सहयोग प्राप्त भएको थियो । दिन दुखि, असहाय र अनाथ बालबालिकाहरुकाे सहयाेगका लागि आ आफ्नाे मन अनुसार रकम उपलब्ध गराउनु हुने सम्पुर्ण पाेखरा १६ का क्षत्री क्षत्राणीहरु प्रति क्षत्री समाज नेपाल पाेखरा १६ ले आभार प्रकट गरेको छ ।
यस कार्यमा सहयाेग जुटाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने मनु बस्नेत, सिता कार्कि, गिता खड्का थापा, हाेम बहाुदर थापा, देव बजादुर थापा(शंकर) गाेविन्द बहादुर थापा (राजेन्द्र), रामशरण बाँनिया, बिष्णु बस्नेत, मन्जुश्री थापा बस्नेत, चेत बहादुर कार्कि, शान्ती थापा, सन्दीप थापा र बस ब्यवस्थापनमा सहजिकरण गर्नुहुने महेन्द्र खड्का लगाएत सम्पूर्ण क्षत्री समाज पाेखरा १६ परिवार प्रति हार्दिक आभार प्रकट गर्नु भएको थापाले जानकारी दिनु भयो ।














