काठ्माण्डौं ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावसम्बन्धी निर्देशिका–२०७९ पारित गरेको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित गरेको बताएका छन् ।
उनले दिएको जाकारी अनुसार निर्देशिकामा स्ववियु चुनावको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने भएको छ । स्ववियु कार्यतालिका चुनाव मितिभन्दा एक महिना अगाडि प्रकाशन गर्ने त्रिविले जनाएको छ ।
त्रिविले चुनाव कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अरुको हकमा कार्यतालिका प्रकाशित भएको मितिभन्दा दुई दिनअघिसम्म भर्ना भएका विद्यार्थी मात्र मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरेको छ ।
कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी चुनावमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख छ ।
त्यस्तै निर्देशिकामा एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी चुनावमा सहभागी हुन नपाइने उल्लेख छ ।त्रिविले आउँदो चैत ५ गते देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव गर्दै छ ।