काठ्माण्डौं ।
परराष्ट्र मन्त्री डा.विमला राई पौडेलले टर्कीका विदेश मन्त्री मेभल्लित कावुगोलुसँग टेलिफोन संवाद गरेकी छन् । आज दिउँसो भएको उक्त टेलिफोन संवादमा पराष्ट्र मन्त्री पौडलले भूकम्पले पु¥याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै टर्कीको यस दुःखद घडीमा नेपाल साथमा नै रहेको बताएकी छन् ।
उनले नेपालमा २०७२ सालमा गएको भूकम्पमा टर्कीले पु¥याएको सहयोग स्मरण गर्दै नेपालले विपद्को पीडा राम्रोसँग बुझेकाले टर्कीको दःखमा विश्वभरको साथ आवश्यक रहेको समेत बताएकी छन् ।
उनले नेपालीको अवस्थाकोबारेमा समेत चासो राख्दै नेपालीलाई सुरक्षित स्थानमा राख्ने काममा सहयोगतको अपेक्षा पनि राखेकी छन् । टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परि अहिलेसम्म ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ ।













