भारत र चीनमा कोभिडको सङ्क्रमण फैलिँदै गएपछि सरकारद्धारा गाभीसँग ३० लाख खोप माग
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेपालमा फाल्गुन १ गते कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप अर्थात बुस्टर डोज ल्याइने भएको छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले नेपाल सरकारलाई फाल्गुन १ र ४ गते खोप आउने निश्चित गराएको जानकारी दिएको स्रोतले जनाएको छ ।

यसअघि पनि गाभीले खोप पठाउने भनेतपनि कहिले पठाउने भन्ने मिति तय भएको थिएन । भारत र चीनमा कोभिडको सङ्क्रमण फैलिँदै गएपछि नेपाल सरकारले गाभीसँग ३० लाख मात्रा खोप माग गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्