काठ्माण्डौं ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी रुपमा लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएसँगै उनी निलम्बनमा परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार के.सी.ले जानकारी दिएका छन् ।
यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्ष यता विमानस्थलको प्रमुख पदमा कार्यरत रहँदै आएका थिए ।
यसअघि माघ ९ गतेका दिन त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाँललाई पनि अख्यिार दुरुप्रयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेका थिए ।













