राष्ट्रपतिको सवारीका क्रममा हिँडेको भन्दै प्रहरीको लाठी चार्जबाट एक जना डाक्टर घाइते
  • प्रमुख खबर

काठ्माण्डौं ।

वीर अस्पतालबाट ट्रमा सेन्टर जान हिँडेका एक जना डाक्टर प्रहरीको लाठी चार्जबाट घाइते भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा हिँडेको भन्दै उनको सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा.जनिथलाल सिंह घाइते भएका हुन् ।

शुक्रबार राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्कने क्रममा सुरक्षामा खटिएका प्रहरीले वीर अस्पतालबाहिर हिडिरहेका सिंहलाई लाठी चार्ज गरेका थिए । प्रहरकिो लाठी चार्जबाट उनको टाँउकोमा चोट लागेको छ ।

उक्त घटनाको विरोध गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । उनीहरुले घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने माग समेत राखेको स्रोतले बताएको छ । सो घटनाको विषयमा जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीबीच छलफल भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्