पोखरामा सम्पन्न सडक दौड प्रतियोगिताको उपाधी गोरखाका रमन र पर्वतकी संगिताले जित्न सफल
  • प्रमुख खबर

पोखरा ।

प्रथम केपी ओली सडक दौड प्रतियोगिता शनिबार सफलताका साथ पोखरामा सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकीले आफ्नो दोस्रो राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा यस दौड प्रतियोगिता आयोजना गरेको हो ।

यस दौड प्रतियोगितामा पुरुषतर्फ गोरखाका रमन भट्ट र महिलातर्फ पर्वतकी संगिता वि.क.विजयी भएका छन् । पुरुषतर्फको १० कि.मि.दौड जितेका रमनले नगद रु १० हजार प्राप्त गरेका छन् भने दोस्रो स्थान हासिल गरेका दिनेश बोगोटीले नगद रु ७ हजार प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा आउन सफल गोरखाका श्याम मगरातीले नगर रु ५ हजार प्राप्त गरेका छन् ।

यस्तै महिलातर्फको ५ कि.मि.दौडमा पर्वती संगिताले नगद रु ७ हजार प्राप्त गर्न सफल भएकी छन् भने दोस्रो स्थान हासिल गर्न सफल रश्मी रानाभाटले ५ हजार प्राप्त गरेकी छन् । त्यसैगरी तेस्रो स्थान सुरक्षीत गर्न सफल सरिता गुरुङ्गले नगद रु ३ हजार पाएकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्