काठ्माणडौं ।
फाल्गनु १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
नेपालको राजनीतिक परिवर्तनका निम्ति जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सरकारले सो दिन सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
वि.सं.२०५२ साल फाल्गुन १ गतेबाट शुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रुपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नै नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने देशमा गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्याय जस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित हुन सफल भएको थियो ।
नेपालको तेस्रो ठूलो दल माओवादी केन्द्रलाई जनयुद्धको नेतृत्वकर्ता पार्टीको रुपमा चिनिन्छ । यस पार्टीले प्रत्येक वर्ष फाल्गुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ ।
विशेषगरी सरकारले परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरुको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसअघि सरकारले पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सार्वजनिक विदा दिएको थियो ।