पोखरा ।
मलमास कारण नेपालीहरुले मनाउने सबैजसो चाडहरु करिब १५ दिन पछाडि सर्ने भएका छन् । तिथिका आधारमा भाद्र १४ गतेसम्म “श्रावण मास” नै पर्ने भएको हुँदा आउने वर्षको सबै चाडहरु यस वर्षको भन्दा १५ दिन पछाडि सर्ने भएको हो ।
मलमास कै कारण २०८० सालको हरितालिका तीजको व्रत आश्विन महिनामा पर्न गएको छ भने घटस्थापना आश्विन २८ गते रहेको छ । त्यस्तै दशैं कात्तिकमा पर्ने गर्न गएको छ ।
यसरी धकेलिने क्रममा २०८० सालमा चैते दशैं नै नहुने भएको छ । अब आउने वर्ष २०८० को चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दशैं २०८१ बैशाख महिनामा सर्न गएको छ ।