सोमबार हुने १६ औं बिटि कपको फाइनलमा लामागाँउ एफसी र गन्नी एफसी भिड्ने
  • प्रमुख खबर

पोखरा ।

पोखरामा जारी १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार लामागाउँ एफसी र गन्नी एफसी भिड्ने भएको छ ।

आइतबार भएको पहिलो समिफाइनल खेलबाट आयोजक बिटी ह्वाइटलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ एफसी फाइनल प्रवेश गरेको हो । लामागाउँको जितमा युनिक तामाङले निर्णायक गोल गर्न सफल भएका थिए ।

यस्तै अर्को सेमिफाइनल खेलमा एलजी एसोसियशलाई २–१ गोल अन्तरले हराउदै गन्नी एफसी पनि फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसँगै गन्नीले लामागाँउसँगको भेट पक्का गर्न सफल भएको छ ।

गन्नीको जितमा लक्षु थापा मगर र सुनिल घोतानेले समान १÷१ गोलको योगदान दिए भने हार व्यहोर्न बाध्य भएको एलजीको तर्फबाट आशिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए ।

प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ ।यस्तै विधागत तर्फपनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्