राष्ट्रपतिकप रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २० गतेबाट सुरु
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेशस्तरिय राष्ट्रपतिकप रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २० गतेबाट सुरु हुने भएको छ ।प्रदेश खेलकुद परिषदको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी सुरु गरिएको परिषदले जनाएको हो ।

प्रतियोगिताको उद्घाटन २० र २१ गते पोखरा रंगशालामा गरिने तय भएको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।प्रतियोगिताको तयारीका लागि परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा खेल संघहरु संग आइतबार छलफल समेत सम्पन्न भएको संयोजक क्षेत्रीले जानकारी दिए ।

पालिका र जिल्लाबाट छनौट हुँदै प्रदेशस्तरिय प्रतियोगिताबाट फागुन २४ गते काठमाण्डौमा सुरु हुने राष्ट्रियस्तरको प्रतियोगिताका लागि गण्डकीबाट खेलाडी छनौट हुनेछन् ।

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत छात्ररछात्रा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उशु र सितेरियो कराँतेका खेलहरु हुनेछन् । गण्डकी प्रदेशमा प्रतियोगिता फागुन २१ गते सम्म सञ्चालन हुने र २२ गते बन्द प्रशिक्षण हुने संयोजक क्षेत्रीले जानकारी दिए ।

बैठक बारे जानकारी दिंदै परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले पहिलो चरणमा प्रतियोगिता व्यवस्थित गर्न संघका प्रतिनिधिहरु संग छलफल गरिएको बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्