नेपालद्धारा एकदिवसीय क्रिकेटको इतिहासमा ऐतिहासिक जित
  • प्रमुख खबर

काठ्माण्डौं ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियाविरुद्ध सानदार जित निकाल्न सफल भएको छ । मंगलबार भएको उक्त खेलमा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाएका थिए । यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण के.सी.ले २० रन बनाए । नामिबियाका लागि भने माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाउन सफल भएका थिए । १ सय ३७ बलको सामना गरेका लिगेनले ९ चौका र ५ छक्का प्रहार गरे ।

यस एकदिवसीय क्रिकेटको इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले सन् २०१९ मा यूएईले दिएको २ सय ४४ रनको लक्ष्य ६ विकेट गुमाउँदै ४४ ओभर ४ बलमा भटाएको थियो । यो जितसँगै नेपाल ७ देश सम्मिलित आईसीसी विश्व कप क्रिकेट लिग–२ मा २५ खेलमा २० अङ्कसहित छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्