काठ्माण्डौं ।
राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड यही फेब्रुअरीमा भारत भ्रमणमा जाने तयारी भएको थियो तर राष्ट्रपतिको चुनाव लगायतका विषयले उनको भ्रमण पर धकेलिएको छ ।
नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अहिले तत्काल प्रधानमन्त्रीको भारत भ्रमण गराउन सम्भव नहुने देखिएसँगै राष्ट्रपतिको चुनवापछि मात्र भ्रमण हुने गरी आन्तरिक तयारी थालिएको जनाइएको छ । राष्ट्रपतिको चुनवा आगामी २५ गते हुँदैछ त्यसअघि यही फाल्गुन १३ गते मनोनय दर्ता गर्ने कार्यक्रम रहेको छ ।