पोखरा ।
मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस कालिगण्डकीमा खसेको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ–३ धम्पुमा ना ७ ख ७४४० नम्बरको बस बुधबार विहान दुर्घटना भएको हो । बस सडकबाट करिब ४० मिटर तल नदीमा खसेको छ ।
सो बस दुर्घटनामा परि १७ जना यात्रु समेत घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भीर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको छ ।
उक्त सडक खण्ड निर्माणधीन अवस्थामा भएकाले साँघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । त्यस्तै उक्त बसमा पोखरा, म्याग्दी र भारतीयहरु रहेको स्रोतले जनाएको छ । दुर्घटनाको बारेमा थप विवरण भने आउन बाँकी नै रहेको छ ।