गण्डकी प्रदेश स्थापनाको अवसरमा विहीबार यस प्रदेशमा सार्वजनिक विदा
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेश सरकारको स्थापनाको अवसरमा फाल्गुन ४ गते, विहीबार गण्डकी प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले २०७९ को सार्वजनिक विदामा प्रदेश सरकार स्थापनाको दिनलाई पनि समावेश गरेको छ । यस विदाबारे गत वर्षको चैत्र २३ गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको थियो ।

उक्त बैठकले २०७९ मा अषाढ २९ गते भानु जयन्ती, आश्विन २३ गते कोजाग्रत पूर्णिमा, फाल्गुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत्र १५ गते चैते दशैंमा विदा दिने निर्णय समेत गरेको थियो । संघ सरकारले दिएको विदा बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिन सक्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्