सल्लाहकार पाठकलाई मातृशोक, चौतारीको समवेदना
  • प्रमुख खबर

पोखरा, ४ फागुन ।।
प्रेस चौतारी कास्कीका सल्लाहकार केशव पाठकलाई मातृ शोक परेको छ । पाठककी आमा नैन कुमारी पाठकको ८० बर्षको उमेरमा आफ्नै निवासमा विहीबार दिउँसो निधन भएको हो ।

पोखरा १७ बिरौटा निवासी स्व. पाठकको पछिल्लो समय रक्तचाप, मधुमेह लगायत रोगबाट प्रभावित भइ उपचार चलिरहेको थियो । सल्लाहकार पाठकलाई मातृशोक परेकोमा प्रेस चौतारी कास्कीले हार्दिक समवेदना प्रकट गरेको छ ।

चौतारीका सचिव रञ्जन अधिकारीले शोक विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । साथै, मातृशोकमा रहेका सल्लाहकार पाठकसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

स्व. पाठकका केशवसहित ४ छोरा, २ छोरी र श्रीमान् रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्