घार्मीमा महाशिवरात्रिकाे कलश यात्रा सम्पन्न
  • प्रमुख खबर

रामप्रसाद पाैडेल
फाल्गुन, ६

पाेखरा १९ घार्मीले माहाशिवरात्रिकाे उपलक्ष्यमा गाउँमा कलश यात्रा सम्पन्न गरेकाे छ।

घार्मी डाँडा लाेक भजन संरक्षण समूहकाे आयाेजनामा डाँडा स्थित शिवालय प्राङ्गणबाट भजन कीर्तन सहित शुरु भएकाे साे कलश यात्रा ॐ कारेश्वर मन्दिर राम्चेमा पु-याई टुङ्गिएकाे थियाे ।

कलश यात्रामा घार्मी डाँडा लाेक भजन समूह, जनजागरणआमा समूह तथा गाउँबासीहरुकाे यथेष्ट उपस्थिति रहेकाे थियाे । ” हाम्राे आफ्नाे गाउँ-ठाउँकाे धार्मिक तथा सांस्कृतिक महत्व हामी आाफैले बढाउ” भन्ने हेतुले यस वर्षबाट शुरु गरिएकाे भजन कीर्तन सहितकाे कलश यात्राले गाउँकाे धार्मिक आस्थालाई अभिवृद्धि गरेकाे छ ।

भजन कीर्तन र शिव माङ्गलिक जयजयकार संगै मन्दिर प्रवेश गरेकाे कलश यात्रालाई स्वागत गर्दै ॐ कारेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री डुन्डिराज पाैडेलले कलश यात्राले गाउँलाई एकसुत्रमा बाधेकाे र हाम्रा पुरातन मठमन्दिरहरुकाे महत्व बढाएकाे कुरा गर्नुभयाे ।साथै उहाँले आगामि वर्षहरुमा यसलाई थप व्यवस्थित गर्दै वृस्तित रुपले लैजाने बताउनु भयाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्